बेवारिसे शव जलाउने सपना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा
काठमाडौं, मंसिर ९ : म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा परेकी छिन्।बेवारिसे शव जलाउने काम गर्दै...
काठमाडौं, मंसिर ९ : म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा परेकी छिन्।
बेवारिसे शव जलाउने काम गर्दै आएकी म्यादीको मंगला गाउँकी सपना सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी हुन्। सपनाले बेवारिसे शव जलाउने काम गर्दै आएकी छिन्।
पछिल्लो समय उनी बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतसँग मिलेर बेवारिसे शव जलाउने काममा सक्रिय छिन्।
बीबीसीले मंगलबार सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह लगायत पनि परेका छन्।
प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)