कोरोना संक्रमित मन्त्री लामालाई थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं, मंसिर ९ : कोरोना संक्रमणको कारण स्वास्थ्य अवस्था बिग्रदै गएपछि वागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई उपचारको लागि...
काठमाडौं, मंसिर ९ : कोरोना संक्रमणको कारण स्वास्थ्य अवस्था बिग्रदै गएपछि वागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई उपचारको लागि काठमाडौं ल्याइएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार बिहान काठमाडौं ल्याइएको हो।
मंसिर ५ गते स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि लामा हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका थिए।
लामाका स्वकीय सचिव सुरज थपलियाका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेको र अक्सिजनको मात्र कम देखिएको छ।
उनको उपचार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा हुनेछ।
प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)