Kathmandu Press

बालिकाको हत्या प्रकरण: आरोपीको घरमा आगजनी, सडकमा शव राखेर प्रदर्शन

महोत्तरी, मंसिर ९ : महोत्तरीकी ६ वर्षीया बालिकाको हत्या गरिएको छ। दुई दिनदेखि वेपत्ता बालिकाको शव बोरामा फेलापरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।महोत्तरीको...
बालिकाको हत्या प्रकरण: आरोपीको घरमा आगजनी, सडकमा शव राखेर प्रदर्शन

महोत्तरी, मंसिर ९ : महोत्तरीकी ६ वर्षीया बालिकाको हत्या भएको छ। दुई दिनदेखि वेपत्ता बालिकाको शव बोरामा फेलापरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शाहीद आलमकी छोरी गुलाब साह खातुन आइतबार साँझ घरआगनबाटै हराएकी थिइन। उनको शव सोमबार राति बोरामा फेला परेको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डिएसपी राजन चापागाईले बताए।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी गुलाब साह खातुनको झाडीमा फालेको अवस्थामा बोरामा शव भेटिएपछि स्थानीय बासिन्दा आक्रोसित बनेका छन्। उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

हत्या गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ। उनले आरोप स्वीकारेको डिएसपी चापागाईंले बताए।

आक्रोसित स्थानीय बासिन्दाले अरुणको घरमा आगजनी गरेका छन्। आगो निभाउन गएको दकमललाई समेत अवरोध गरेका छन्।

प्रहरीले प्रदर्शन नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। यहि क्रममा चार राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अझै पनि स्थानीय बासिन्दाको प्रदर्शन रोकिएको छैन।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। शवको पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गर्न सजिलो हुने डिएसपी चापागाईले बताए।

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्