Kathmandu Press

एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर ९ : तिहारयता ओरालो लागिरहेको सुनको मूल्य आज झन एक हजार आठ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
एकैदिन १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, मंसिर ९ : तिहारयता ओरालो लागिरहेको सुनको मूल्य आज झन एक हजार आठ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ। आइतबार र सोमबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि एक हजार आठ सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ। आइतबार र सोमबार ९३ हजार आठ सयमा कारोबार भएको थियो।

सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य पनि घटेको जनाएको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।

आज चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। सोमबार भने एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्