Kathmandu Press

पूर्वगाविस अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, मंसिर ९ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा एक जना पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ।मोरङको पथरी गाविसका पूर्वअध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको...
पूर्वगाविस अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, मंसिर ९ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा एक जना पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ।

मोरङको पथरी गाविसका पूर्वअध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो। उनलाई कात्तिक २१ गते कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमण देखिएपछि उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेका थिए। केही सन्चो लागेपछि होम आइसोलेसनमा बसेका थिए।

पाँच दिन अघि फेरि समस्या देखिएपछि मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

आज बिहान उपचारका क्रममै मृत्यु भएको पथरीशनिश्चरे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले बताए। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।

उनी पथरीको पहिलो जननिर्वाचित अध्यक्ष हुन्। उनका श्रीमती, चार छोरी र दुई छोरा छन्।

 

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, मंसिर ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्