नेपालमा दुई लाख बढीले जिते कोरोना
काठमाडौं, मंसिर ८ : नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज...
काठमाडौं, मंसिर ८ : नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार दुई सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या अहिलेसम्म दुई लाख २२ हजार २८८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म १३३७ जनाको मृत्यु भएको छ।
सोमबारमात्रै नेपालमा १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: २२:२७ बजे, सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)