Kathmandu Press

प्रधानमन्त्री ओली हिमाली गाउँ घुन्सामा

ताप्लेजुङ, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको हिमाली गाउँ घुम्सा पुगेका छन्।प्रधानमन्त्री ओलीले ताप्लुजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सास्थित सामुदायिक स्वास्थ्य एकाइ भवनको...
प्रधानमन्त्री ओली हिमाली गाउँ घुन्सामा

ताप्लेजुङ, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको हिमाली गाउँ घुम्सा पुगेका छन्।

प्रधानमन्त्री ओलीले ताप्लुजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सास्थित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गरेका छन्। घुन्सा फाउन्डेसनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुगेका हुन्।

भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका छन्।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा पुगेका हुन्।

जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा  स्वास्थ्य एकाइ स्थापना भएको थियो। त्यसको भवन आज उद्घाटन गरिएको हो।

प्रकाशित मिति: १९:४० बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्