Kathmandu Press

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

लाहोर, मंसिर ८ : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

लाहोर, मंसिर ८ : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिए। उनी केही समययता देखि विरामीथिइन् र लन्डनको एक अस्पतालमा उपचार थिइन्।

सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ।

पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन। उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ। त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेका छन्। छोरा बिरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएका थिए। उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएका थिए।

उनी लन्डनमा पुगेपछि बिरामी परेको र उपचार गराइरहेको समाचारमा जनाइएको थियो।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्