पश्चिम वायुको प्रभावले चिसो बढ्ने, हिमपातको सम्भावना
काठमाडौं, मंसिर ८ : पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने भएको छ। आज केही उच्च पहाडी भागमा हिमपातको सम्भावना रहेको जनाएको छ।जल तथा...
काठमाडौं, मंसिर ८ : पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने भएको छ। आज केही उच्च पहाडी भागमा हिमपातको सम्भावना रहेको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने सम्भावना रहेको छ। त्यस्तै, आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र कर्णालीमा प्रदेशमा सामान्य बद्ली हुने र अन्य प्रदेशमा आंशिक बद्ली हुने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली हुने भएको छ। जसका कारण केही उच्च पहाडी भूभागमा हिमपात हुनेसक्ने महाशाखाको आंकलन छ।
भोलि पनि देशभर आंशिक तथा सामान्य बदली हुने जनाको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
भोलि राति भने देशभर आंशिक बदली हुने जनाएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको छ।
बुधबार भने देशभर नै सामान्य बदली हुने जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार राति भने बागमती प्रदेशका पनि उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने महाशाखाले जनाएको छ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)