Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट दुई युवकको मृत्यु

धरान, मंसिर ८ : कोरोना भाइरसको संक्रमणबाट धरानमा दुई युवकको मृत्यु भएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दुई युवकको...
धरानमा कोरोना संक्रमणबाट दुई युवकको मृत्यु

धरान, मंसिर ८ : कोरोना भाइरसको संक्रमणबाट धरानमा दुई युवकको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दुई युवकको मृत्यु भएको हो।

इलामका २५ वर्षीय र सुनसरीको विराट चोकका २७ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहप्रवक्ता आशिष श्रेष्ठले बताए।

सुनसरीका युवकको आज विहान ६ः४० मा मृत्यु भएको हो। उनी दिर्घरोगी रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, इलामका युवकको गएराति ९ः३० मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता श्रेष्ठले बताए। उनी पनि दिर्घरोगी रहेको जनाएको छ।

 

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्