Kathmandu Press

सरकारी कर्मचारीले अबदेखि निजी इन्स्टिच्युटमा प्रशिक्षण एवं पढाउन नपाउने 

काठमाडौं, मंसिर ८ : अबदेखि निजामती कर्मचारीले  निजी इन्स्टिच्युटमा पढाउन नपाउने भएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै...
सरकारी कर्मचारीले अबदेखि निजी इन्स्टिच्युटमा प्रशिक्षण एवं पढाउन नपाउने 

काठमाडौं, मंसिर ८ : अबदेखि निजामती कर्मचारीले  निजी इन्स्टिच्युटमा पढाउन नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा उच्च पदस्थ कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय गरेको हो ।

बहालवाला सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण एवं पढाउने कार्यमा संलग्न हुँदा सेवाप्रवाहमा असर परेको भन्दै नीति निर्माण कार्यमा समेत समस्या सिर्जना हुन पुगेको ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको हो । सबै मन्त्रालय र निकायलाई मातहतका कर्मचारीलाई बाहिर पढाउने कार्यका लागि कुनै किसिमको बिदा नदिन समेत निर्देशन दिइएको छ ।

यस्तै कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा त्यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया थालिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिने लगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ । 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्