इपिएल : लिभरपुलले लेस्टर सिटीलाई हरायो, आर्सनल र लिड्स युनाइटेड बराबरीमा
काठमाडौं, मंसिर ८ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ ।आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले...
काठमाडौं, मंसिर ८ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ ।
आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो । लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै आर्सनल १३ अंकसहित ११औँ स्थानमा रहेको छ ।
लिड्स ११ अंक जोडेर १४औँ स्थानमा छ । यस्तै लिभरपुलले लेस्टर सिटीलाई ३-० गोल अन्तरले हराएको छ । लिभरपुलको ९ खेलमा २० अंक छ । लिभरपुलसँग हारेको लेस्टरको ९ खेलमा १८ अंक छ ।
लेस्टर अंक तालिकाको चौथो स्थानमा रहेको छ । टोटनह्याम अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै गएराति भएको खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १-० र एभर्टनले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेका छन् ।
प्रकाशित मिति: १३:०० बजे, सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











