Kathmandu Press

अमेरिकी नागरिकले डिसेम्बरदेखि कोभिड १९ विरुद्धको खोप पाउने !

काठमाडौं, मंसिर ८ : अमेरिकी नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोभिड १९ को खोप अमेरिकी नागरिकहरूले...
अमेरिकी नागरिकले डिसेम्बरदेखि कोभिड १९ विरुद्धको खोप पाउने !

काठमाडौं, मंसिर ८ : अमेरिकी नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोभिड १९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्।  

कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिएका हुन् । 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ।

डा. स्लावीले सीएनएनसँग अनुमति पाएको दुई दिनमैु खोप दिन सकिने बताए। खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ। यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन ।

यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । - बीबीसी 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्