Kathmandu Press

भारतमा थपिए ४४ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर ८ : भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४...
भारतमा थपिए ४४ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर ८ : भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

थप ४४ हजार ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८५ लाख ६१ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७७३ पुगेको छ ।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्