Kathmandu Press

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं, मंसिर ७ : कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा...
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं, मंसिर ७ : कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो।

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ।

Hardik ivf

नेपालमा आइतबार थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। 

साथै, यो अवधिमा पाँच हजार ६९९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२:१४ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्