Kathmandu Press

थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर ७ : नेपालमा आइतबार थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार...
थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर ७ : नेपालमा आइतबार थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ। 

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ।

साथै, यो अवधिमा पाँच हजार ६९९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २२:०९ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्