जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही, अब कडा कारबाही गरिने
भक्तपुर, मंसिर ७ : कोरोना भाइरसको संक्रमण देशभर बढिरहेको वेला सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालनामा भने लापरबाही भइरहेको छ। अब भने जनस्वास्थ्यका मापदण्ड...
भक्तपुर, मंसिर ७ : कोरोना भाइरसको संक्रमण देशभर बढिरहेको वेला सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालनामा भने लापरबाही भइरहेको छ। अब भने जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही गर्नेगरि तयारी थालिएको छ।
गृह मन्त्रालयले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड तोेकेका छ। ज्समा अनिवार्य मास्कको प्रयोग, विवाह, भोज, सभासम्मेलन जस्ता कार्यक्रमहरुमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने, दूरी कायम गर्नेलगायतका छन्।
तर, लकडाउनको समयमा केही हदसम्म यसको पालना भएपनि अहिले धेरैले पालना गर्न छोडेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी भन्छन् ‘गृह मन्त्रालयको निर्णयअनुसार, विवाहमा बढीमा २५ जना मात्र सामेल हुन पाउँछन्। उनीहरुमा पनि सबैले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम भएको हुनुपर्छ।’
अहिले भने जनस्वास्थ्य मापदण्ड पालना भएको छैन। केहीलाई कारबाही पनि गरिएको छ। गृह मन्त्रालयको तत्थ्यांकअनुसार, मंसिर ६ गते मात्रै देशभर जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने एक हजार सात सय २० जना कारबाहीमा परेका छन्।
यस्तै अहिलेसम्म सम्झाइबुझाइ छोडेको संख्या सात लाख १२ हजार दुई सय नौ रहेको छ। मास्कको प्रयोग नगरेका ४५ हजार सात सय १८ जना मास्क वितरण गरिएको छ।
त्यस्तै, ४७ हजार ६ सय ७८ जनाmलाई जरिवाना पनि गरिएको छ। अहिले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई एक सय रुपैयाँ जरिवाना गरिँदै आएको गृह मन्त्रालयले जनाएको छ।
यसले खासै फरक नपरेपछि कडा कारबाही गर्ने तयारी गर्न लागिएको जनाएको छ। कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु कार्यान्वयन हुने गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । ‘जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालना हुने र जरिवाना समेत गर्नेगरी नियमहरु ल्याउने विषयमा छलफल भईरहेको छ,’ उनले भने।
अहिले देशभर कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार ६ सय २९ पुगेको छ। अहिलेसम्म कोरोनाबाट एक हजार तीन सय पाँच जनाले ज्यान गुमाइसकेका छन्।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)