Kathmandu Press

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच करिब तीन घन्टा छलफल भएको हो।

पार्टी भित्र विवाद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले संवैधानिक आयोगमा रिक्त रहेका पद र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल गनै सभापति देउवालाई बोलाएका थिए।

छलफलमा नेकपामा पछिल्लो समय देखा परेका विवादबारे पनि छलफल भएको स्रोतले बताएको छ। छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत सहभागिता रहेको स्रोतले बताएको छ।

तर ओली देउवाबीचको भेटबारे दुबै पक्षले कुनै औपचारिक जानकारी दिएका छैनन्।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्