Kathmandu Press

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर ७ : कोरोना संक्रमणबाट धरानमा थप एक पुरुषको मृत्यु भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा ४५ वर्षीय...
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर ७ : कोरोना संक्रमणबाट धरानमा थप एक पुरुषको मृत्यु भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनमा मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। झापा घर भएका ती पुरुषको शनिबार राति १ बजे निधन भएको प्रतिक्ष्ठानले जनाएको छ।

मृतकको शव नियम अनुसार व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्