Kathmandu Press

अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट

दोहा, मंसिर ७ : अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन्। हाल कतारको दोहामा रहेका अमेरिकी...
अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट

दोहा, मंसिर ७ : अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन्। 

हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गरेका हुन्।

ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए। त्यस भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न पनि भनेका थिए।

साथै पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको सो वार्ता पनि रोकिएकोले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उनले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका थिए।

शनिबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण गरिएको थियो। सो रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएको थिए। उक्त २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेश मन्त्री पोम्पेओ दोहा पुगेका थिए।

करिब दुई महिना अघि देखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि सो वार्ता रोकिएको थियो। त्यसैले  अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई पक्षबीचमा शुरु भएको सो वार्तालाई निरन्तरता दिन भनेका हुन्। यसअघि उक्त वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो।

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्