Kathmandu Press

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृत देवको मृत्यु

विराटनगर, मंसिर ७ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ।सप्तरीको राजविराज-२ का जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोनाबाट मृत्यु...
कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृत देवको मृत्यु

विराटनगर, मंसिर ७ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक जना जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ।

सप्तरीको राजविराज-२ का जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोनाबाट मृत्यु भएके हो। उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

Hardik ivf

उनी सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए। ५० वर्षीय देवलाई कोरोना नियन्त्रणमा क्रियाशिल रहेकै वेला संक्रमण भएको हो।

उनलाई दुई साता अघि कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि नोबेल अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।

 

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्