Kathmandu Press

झापाका कोरोना संक्रमितको धरानमा मृत्यु

धरान, मंसिर ७ :  झापाका एक कोरोना भाइरस संक्रमितको धरानमा आज बिहान मृत्यु भएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाको मेचीनगरस्थित...
झापाका कोरोना संक्रमितको धरानमा मृत्यु

धरान, मंसिर ७ :  झापाका एक कोरोना भाइरस संक्रमितको धरानमा आज बिहान मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष मृत्यु भएको हो।

Hardik ivf

उनलाई मंसिर १ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि मंसिर ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा आज बिहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो।

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्