झापाका कोरोना संक्रमितको धरानमा मृत्यु
धरान, मंसिर ७ : झापाका एक कोरोना भाइरस संक्रमितको धरानमा आज बिहान मृत्यु भएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाको मेचीनगरस्थित...
धरान, मंसिर ७ : झापाका एक कोरोना भाइरस संक्रमितको धरानमा आज बिहान मृत्यु भएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष मृत्यु भएको हो।
उनलाई मंसिर १ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि मंसिर ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
उनको उपचारका क्रममा आज बिहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको थियो।
प्रकाशित मिति: १६:२२ बजे, आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)