Kathmandu Press

कुर्सीबाट लडेर घाइते भएका कांग्रेस नेता भण्डारीको निधन

तुलसीपुर, मंसिर ७ : कुर्सीबाट लडेर घाइते भएका कांग्रेसका नेता रेशमबहादुर भण्डारीको निधन भएको छ।दाङको तुलसीपुरका ७२ वर्षीय नेता भण्डारी शनिबार अपराह्न ३...
कुर्सीबाट लडेर घाइते भएका कांग्रेस नेता भण्डारीको निधन

तुलसीपुर, मंसिर ७ : कुर्सीबाट लडेर घाइते भएका कांग्रेसका नेता रेशमबहादुर भण्डारीको निधन भएको छ।

दाङको तुलसीपुरका ७२ वर्षीय नेता भण्डारी शनिबार अपराह्न ३ बजे घरमै कुर्सीबाट लडेका थिए। कुर्सीबाट लड्दा घाइते भएका उनलार्य तत्कालै राप्ती प्रादेशिक अस्पताल लगिएको थियो।

Hardik ivf

त्यहाँ उपचार हुन नसकेपछि रिफर गरिएको थियो। उनको भैरहवामा गएराति निधन भएको छ।

उनी दाङको उरहरी गाविसमा लगातार १५ वर्षसम्म  प्रधानपञ्च भएका थिए। त्यसपछि उनी पाँच वर्ष गाविस अध्यक्ष पनि बनेका थिए।

नेता भण्डारीले दुई वर्ष कांग्रेस क्षेत्रीय सभापति पनि भएका थिए। उनको आज अन्त्येष्टि गरिने जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्