आजदेखि काठमाडौं महानगरले निःशुल्क पीसीआर परीक्षण गर्ने
काठमाडौं, मंसिर ७ : काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको...
काठमाडौं, मंसिर ७ : काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गर्न लागिएको हो ।
यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
काठमाण्डौ महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ काम अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुलाई मात्र निःशुल्क पीसीआर परीक्षण गर्न मेयर शाक्यले आग्रह गरे ।
लकडाउन हटेसँगै बजारमा चहलपहल र भीडभाड बढेको तथा मुख्य चाडपर्व पनि भर्खरै सकिएको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न चुनौती रहेको उनको भनाइ छ ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)