Kathmandu Press

नेकपा कुनै पनि हालतमा फुट्दैन : उपाध्यक्ष गौतम

तुलसीपुर, मंसिर ६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले शनिबार तुलसीपुरमा आयोजना...
नेकपा कुनै पनि हालतमा फुट्दैन : उपाध्यक्ष गौतम
बामदेव गाैतम।

तुलसीपुर, मंसिर ६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। 

तुलसीपुर उपमहानगरपालिकाले शनिबार तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए।  

“म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु” , उनले भने, “मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन।” 

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको  उनको भनाइ छ। उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताएश्र 

गौतमले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए। उनले मुलुक समृद्धिको मार्गमा अघि बढेको र सरकारले घोषण पत्र अनुसार काम गर्नुपर्नेसमेत बताए। 

प्रकाशित मिति: २२:२५ बजे, शनिबार, मंसिर ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्