Kathmandu Press

कोरोना नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन्।काठमाडौंमा शनिबार आयोजित ‘कोभिड-१९ जस्तो महामारी...
कोरोना नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित ‘कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले कोरोनाको उपचार नभएकोले यसको नियन्त्रणका लागि सरकार र स्वास्थ्यकर्मीसँगै सांसद, स्थानीय जनप्रतिनिधि र जनताको भूमिका जरुरी हुने बताए।

‘सरकारले सुरुमा जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको थियो,’ मन्त्री ढकालले भने,‘तर, नेपालमा हालसम्म १६ लाख ५० हजारको कोरोना परीक्षण भइसकेको छ। अहिलेको अवस्थालाई हेर्दा करिब दुईप्रतिशत नेपाली संक्रमित हुनसक्ने अनुमान गरेर सरकारले तयारी गरिरहेको छ।’

उनले संघ, प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति र सबै स्थानीय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको जानकारी दिए। 
 

प्रकाशित मिति: २१:०३ बजे, शनिबार, मंसिर ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्