विश्वभर चार करोड बढी संक्रमितले जिते कोरोना
काठमाडौं, मंसिर ६ : विश्वभरमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले संक्रमितले कोरोनालाई...
काठमाडौं, मंसिर ६ : विश्वभरमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले संक्रमितले कोरोनालाई जितेर घर फर्केको वल्डोमिर्टसले जनाएको छ ।
विश्वमा अहिले पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यस्तै सङ्क्रमित भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
यही अवधिमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् ।
त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २ सय ४० जनाको ज्यान गएको छ । यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)