भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार नाघ्यो
काठमाडौँ, मंसिर ६ : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार नाघेको छ ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो...
काठमाडौँ, मंसिर ६ : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ५० हजार नाघेको छ ।
पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित थपिएका हुन् । थप ४६ हजार २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ५० हजार ६१३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८४ लाख ७५ हजार ८९७ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ७६४ पुगेको छ ।
प्रकाशित मिति: १३:४५ बजे, शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)