Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय 

काठमाडौं, मंसिर ५ : सरकारले गैरकानूनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गर्दै आएका तीन जना विदेशी नागरिकलाई निष्कासन गर्ने निर्णय पनि गरेको छ। हालै बसेको...
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय 

काठमाडौं, मंसिर ५ : सरकारले गैरकानूनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गर्दै आएका तीन जना विदेशी नागरिकलाई निष्कासन गर्ने निर्णय पनि गरेको छ। 

हालै बसेको मन्त्रिपरिषद्‍को बैठकले भिषा अवधि सकिएर गैरकानूनीरूपमा नेपालमा बस्दै आएका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका नागरिक मोहम्मद स्माइल अहमेद ओवादी र नासिम स्माइल अहमेद ओबादीलाई निष्कासन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।

यस्तै, बैठकले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा काठमाडौं वडा नम्बर ३१ का उद्वप्रसाद तिमिल्सिनालाई नियुक्ति गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए।

यस्तै, सुर्खेत विमानस्थलका लागि २० बिघा र विराटनगर विमानस्थलका लागि १२६ विघा जग्गा अधिग्रहण गर्न नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिने निर्णय बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए।

हेर्नुस् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय : 


 

प्रकाशित मिति: २३:४२ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्