Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

काठमाडौं,  मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं,  मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ।

यस्तै, शुक्रबार नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५  पुगेको छ भने अहिलेसम्म १ लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएका छन्।
 

प्रकाशित मिति: २२:२० बजे, शुक्रबार, मंसिर ५, २०७७