Kathmandu Press

जनयुद्ध र बृहत शान्ति सम्झौता भुलेर देश अघि बढ्दैन : डा. भट्टराई

काठमाडाैं, मंसिर ५ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयॉ पुस्तालाई विस्तृत शान्ति सम्झौताको पूर्ण पाठ पढ्न आग्रह गरेका...
जनयुद्ध र बृहत शान्ति सम्झौता भुलेर देश अघि बढ्दैन : डा. भट्टराई

काठमाडाैं, मंसिर ५ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयॉ पुस्तालाई विस्तृत शान्ति सम्झौताको पूर्ण पाठ पढ्न आग्रह गरेका छन्। 

शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहत शान्ति–सम्झौतालाई बिर्सेर देश अघि नबढ्ने बताएका हुन्।

'संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहत शान्ति–सम्झौता (जसमा मधेस जनविद्रोह लगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश रसमाज अघि बढ्दैन है! नयॉ पुस्ताले शान्ति–सम्झौताको पूर्णपाठ पढून्। क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ!' 

 

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्