कोरोना संक्रमणबाट कास्कीमा एकैदिन सात जनाको मृत्यु
काठमाडौं, मंसिर ५ : कोरोना संक्रमणको कारण पोखरामा एकैदिन ७ जना पुरुषको मृत्यु भएको छ। पोखरा महानगरपालिकाका ६ र तनहुँका एकजनाको मृत्यु भएको...
काठमाडौं, मंसिर ५ : कोरोना संक्रमणको कारण पोखरामा एकैदिन ७ जना पुरुषको मृत्यु भएको छ। पोखरा महानगरपालिकाका ६ र तनहुँका एकजनाको मृत्यु भएको हो।
शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका १७ का २९ वर्षीय पुरुषको मृत्यु भएको छ। आजनै कोरोना संक्रमण पुष्टि भएको उनमा निमोनियाको समस्या देखिएको प्रतिष्ठानले जनाएको छ। त्यस्तै आजै पोखरा महानगरपालिका १३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। आजै संक्रमण पुष्टि भएको उनमा मृर्गौलासम्बन्धी समस्या र निमोनिया देखिएको प्रतिष्ठानले जनाएको छ।
पोखरा महानगरपालिका ९ का ६८ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ। उनमा मंसिर ४ गते कोरोना संक्रमण संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, पोखरा महानगरपालिका २१का ७५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। निमोनियाको समस्या देखिएको उनमा मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
गण्डकी मेडिकल केलजमा पोखरा महानगरपालिका ८ का ५४ वर्षीय पुरुषकोमृत्यु भएको छ। मृगौलासम्बन्धी रोगबाट पीडित उनमा कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको शसक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।
पोखरा महानगरपालिका २७का ७१ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो। कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनियाको समस्या देखिएको थियो। उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
तनहुँको म्याग्दे गाउँपालिका ४ का ५१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ। गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)