अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न आदेश
क्यालिफोर्निया, मंसिर ५ : कोरोना भाइरसको संक्रमण अत्यधिक बढेपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा सर्वसाधारणलाई घरमै बस्न आदेश दिइएको छ।क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक...
क्यालिफोर्निया, मंसिर ५ : कोरोना भाइरसको संक्रमण अत्यधिक बढेपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा सर्वसाधारणलाई घरमै बस्न आदेश दिइएको छ।
क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन आदेशमा उल्लेख गरिएको छ।
शनिबारदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन्। 'हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,' क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने।
क्यालिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












