Kathmandu Press

कोरोना संक्रमणबाट वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको मृत्यु

काठमाडौं, मंसिर ५ : कोरोना संक्रमणको कारण धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ।  सप्तरीकी बोदेबर्साइन ३ की ७१ वर्षीय...
कोरोना संक्रमणबाट वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको मृत्यु

काठमाडौं, मंसिर ५ : कोरोना संक्रमणको कारण धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ। 

सप्तरीकी बोदेबर्साइन ३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

निमोनियाको समस्या भएको महिला बिहीबार नै अस्पताल भर्ना भएकी थिइन्। उनलाई बिहीबार नै संक्रमण पुष्टि भएको थियो। 

उनको उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, मंसिर ५, २०७७