Kathmandu Press

होटल संघका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाबाट मृत्यु

काठमाडौं, मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट होटेल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ।उनको उपचारका क्रममा आज बिहान ३...
होटल संघका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाबाट मृत्यु

काठमाडौं, मंसिर ५ : कोरोना भाइरसको संक्रमणबाट होटेल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ।

उनको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले बताए। शाक्यको ॐ अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो।

Hardik ivf

७० वर्षीय शाक्यलाई दशैंपछि कोरोना संक्रमण भएको थियो। संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया पनि देखिएको थियो।

केही दिनयता उनको स्वास्थ्य बिग्रिदै गएको थियो। उपचारका क्रममा आज बिहान ज्यान गएको अस्पतालले जनाएको छ।
उनी सोल्टिमोडस्थित अमर होटेलका संचालक पनि हुन्।

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्