Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको कामकाज बन्द

पोखरा, मंसिर ५ : कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि पोखरा महानगरपालिकाका कामकाज एक साता बन्द गरिएको छ। अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको महानगरले...
कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको कामकाज बन्द

पोखरा, मंसिर ५ : कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि पोखरा महानगरपालिकाका कामकाज एक साता बन्द गरिएको छ। अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको महानगरले जनाएको छ।

महानगरका धेरैजसो शाखामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्नु परेको जनाएको छ। महानगरको बोर्ड बैठकले एक साता सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए।

उनका अनुसार शुक्रबार छठ पर्व परेकाले सार्वजनिक बिदा दिएको छ भने आइतबार सिमित कर्मचारी मात्रै उपस्थित हुनेछन्। उनीहरुले पनि अत्यवाश्यक सेवामात्रै प्रदान गर्ने जनाएको छ।

महानगरका धेरैजसो शाखाका कर्मचारीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेकाले कामकाज बन्द गरिएको हो। सेवाग्राहीमा संक्रमण नफैलियोस भनेर नै सेवा बन्द गरिएको जनाएको छ।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्