Kathmandu Press

छठको अवसरमा प्रदेश २ मा दुई दिन बिदा

जनकपुरधाम, मंसिर ५ : छठ पर्वको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ।मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा श्रद्धाभक्तिपूर्वक मनाइने छ्ठ महापर्वको अवसरमा...
छठको अवसरमा प्रदेश २ मा दुई दिन बिदा

जनकपुरधाम, मंसिर ५ : छठ पर्वको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ।

मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा श्रद्धाभक्तिपूर्वक मनाइने छ्ठ महापर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाएर मात्रै छठ मनाउन प्रदेश सरकारले अपिल गरेको छ।

प्रदेश २ लगायत देशभर छठ पर्व मनाइँदै छ। विशेष गरेर प्रदेश २ का जिल्लामा मनाइने यो पर्व पछिल्लो समय देशभर मनाउन थालिएको हो।

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्