Kathmandu Press

स्वास्थ्य सुरक्षा अपनाएर छठ मनाउन देउवाको आग्रह 

काठमाडौं, मंसिर ५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर छठ पर्व मनाउन...
स्वास्थ्य सुरक्षा अपनाएर छठ मनाउन देउवाको आग्रह 

काठमाडौं, मंसिर ५ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर छठ पर्व मनाउन आग्रह गरेका छन् ।

“छठ पर्व” का अवसरमा शुभकामना व्यक्त गर्दै मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेको भन्दै यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको बताएका हुन् । 

प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गर्दै यस्ता चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याउने विश्वस समेत उनले व्यक्त गरेका छन् । 

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्