एकैदिनमा विश्वभर ६ लाख ४३ हजार संक्रमित भेटिए
काठमाडौं, मंसिर ५ : पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४३ हजार २२० जना कोरोना संक्रमित थपिएका छन् ।वल्डोमिर्टसको तथ्यांक अनुसार हालसम्म कुल...
काठमाडौं, मंसिर ५ : पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४३ हजार २२० जना कोरोना संक्रमित थपिएका छन् ।
वल्डोमिर्टसको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७२ लाख १८ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ७३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ६४ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार, भारतमा करिब ६ सय, ब्राजिलमा ७ सय जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












