Kathmandu Press

भारतमा ९० लाख नाघ्यो कोरोना संक्रमितको संख्या 

काठमाडौँ, मंसिर ५ : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । पछिल्लो केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४...
भारतमा ९० लाख नाघ्यो कोरोना संक्रमितको संख्या 

काठमाडौँ, मंसिर ५ : भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ । पछिल्लो केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४६ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९० लाख ४ हजार ३२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८४ लाख २७ हजार १६ जनाले कोरोना जितिसकेका छन् ।

त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३२ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५८४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार २०२ पुगेको हो ।

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, मंसिर ५, २०७७