Kathmandu Press

नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप

काठमाडौं, मंसिर ४ :  नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गरिएको छ।मन्त्रिपरिषद...
नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप
पुलिस हेडक्वार्टर।

काठमाडौं, मंसिर ४ :  नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गरिएको छ।

मन्त्रिपरिषद बैठकले संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गरेसँगै नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप भएको हो। 

गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप गर्नु पर्ने रायसहित स्वीकृतिका संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम)  मन्त्रिपरिषदमा पठाएको थियो। तर, सरकारले एक जना एआईजीको दरबन्दीसमेत थपेर ओएन्डीएम स्वीकृत गरेको हो। 

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार गृह मन्त्रालयले पाएको मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिए। पत्र प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले रिक्त रहेका पदमा बढुवाको तयारी थालेको छ। एआईजी र डीआईजीको दरबन्दी स्वीकृत भएसँगै बढुवाका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु पनि भएको छ। 

रिक्त रहेको एक  एआईजीका लागि हाल रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन्।

यस्तै, रिक्त तीनसहित स्वीकृत पाँच दरबन्दीसहित आठ डीआईजीका लागि एसएसपीहरु गणेश ऐर, दिवेश लोहनी, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा,  रामकृपाल शाह, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य र राजेन्द्र चौधरी बढुवाका लागि दौडमा छन्। 

प्रकाशित मिति: ००:३४ बजे, शुक्रबार, मंसिर ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्