काठमाडौं उपत्यकामा थपिए १२२९ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर ४ : काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२२९ जनामा कोरोना...
काठमाडौं, मंसिर ४ : काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, बिहीबार नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने अहिलेसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२७६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै २८५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











