कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
काठमाडौं, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु...
काठमाडौं, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ।
यस्तै, बिहीबार नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने अहिलेसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै २८५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०८ बजे, बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











