Kathmandu Press

थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि, २८५८ जना डिस्चार्ज

नेपालमा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि, २८५८ जना डिस्चार्ज
सांकेतिक तस्वीर।

काठमाडौं,  मंसिर ४ : नेपालमा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने अहिलेसम्म १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १२७६ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै २८५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०३ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्