Kathmandu Press

पार्टी एकताबद्ध हुन्छ भने मन्त्री पद छोड्न तयार छु : योगेश भट्टराई

वीरगञ्ज, मंसिर ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन्। बिहीबार नेकपा...
पार्टी एकताबद्ध हुन्छ भने मन्त्री पद छोड्न तयार छु : योगेश भट्टराई

वीरगञ्ज, मंसिर ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन्। 

बिहीबार नेकपा पर्साको कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँगको भेटमा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले आफूले छोड्दा पार्टी एकताबद्ध हुन्छ भने त्याग गर्न तयार रहेको बताएका हुन्।

‘पार्टीभित्र केही समस्या देखिएको छ, विभाजनका संकेत देखापरेका छन्,’ उनले भने,‘यदि पार्टीलाई एकताबद्ध बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने हो भने म मन्त्री पद छोड्न तयार छु। हामी सबै तयार हुनु पनि पर्छ।’

पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने त्यसलाई जिम्मेवारी जिम्मेवारी बाँडफाँट गरेर मिलाउन सकिने उनले बताए।  मन्त्री भट्टराईले पार्टी फुट्ने वा जुट्ने अरु कुनै शक्तिकेन्द्रको हातमा नभई नेता कार्यकर्ताको हात रहेको बताए।

प्रकाशित मिति: २०:५३ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्