Kathmandu Press

भेन्टिलेटरमा राखिएको केही घन्टामै कोरोना संक्रमितको मृत्यु

धनगढी, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ। उनको भेन्टिलेटरमा राखिएको केही घन्टामै मृत्यु भएको हो।कैलालीको गोदावरी–४...
भेन्टिलेटरमा राखिएको केही घन्टामै कोरोना संक्रमितको मृत्यु

धनगढी, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ। उनको भेन्टिलेटरमा राखिएको केही घन्टामै मृत्यु भएको हो।

कैलालीको गोदावरी–४ का ७४ वर्षीय बृद्धलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार साँझ धनगढीस्थित सेती प्रादेशीक अस्पताल भर्ना गरिउको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

मधुमेहबाट पीडित उनलाई श्वासप्रश्वसामा समस्या भएपछि तत्कालै भेन्टिलेटरमा राखिएको थियो। तर, उपचारका क्रममा राति साढे १२ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।

उनी मधुमेहबाट पीडित थिए। एक्कासी बुधबार साँझ श्वासप्रश्वासमा समस्या भएको परिवारजनले जनाएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

प्रकाशित मिति: १९:३१ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्