Kathmandu Press

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली, मंसिर ४ : भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ। 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ। यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको छ।

Hardik ivf

भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन्। संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन्। 

मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ। 

भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत रहेको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको जनाएको छ। 

परिषदका अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३.५२ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १९:११ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्