Kathmandu Press

धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर ४ : कोरोना संक्रमणबाट प्रदेश १ को विराटनगर र धरानमा एक एक जनाको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कलेजउपचाररत एक र...
धरान र विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, मंसिर ४ : कोरोना संक्रमणबाट प्रदेश १ को विराटनगर र धरानमा एक एक जनाको मृत्यु भएको छ। 

विराटनगरस्थित नोबेल मेडिकल कलेजउपचाररत एक र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको नोबेल मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका वृद्धलाई मंसिर  १ गते मा अस्पताल भर्ना गरिएको थियो। 

त्यस्तै, धरान उपमहानगरपालिका– ११ की २९ वर्षीया महिलाको प्रतिष्ठानमा मृत्यु भएको हो।

महिलामा कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृगौला सम्बन्धि समस्या रहेको महिला कात्तिक ३० गते अस्पताल भर्ना भएकी थिइन्। उनको बुधबार  दिउँसो मृत्यु भएको हो।

प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्