बाँकेमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु
नेपालगन्ज, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय र ८१ वर्षीय पुरुषको...
नेपालगन्ज, मंसिर ४ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय र ८१ वर्षीय पुरुषको कोरोनाबाट बाँकेमा मृत्यु भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उनका अनुसार ५६ वर्षीय पुरुषको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान २ः२० बजे मृत्यु भएको हो। उनलाई कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
होम आइसोलेसनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या भएपछि कात्तिक २७ गते कोहलपुर ल्याइएको छ। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधुमेह र मृगौला रोगबाट पीडित थिए।
त्यस्तै, तुलुसीपुर ६ का ८१ वर्षीय बृद्धको नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार बिहान साढे ३ बजे मृत्यु भएको हो। उनलाई कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यहि दिन उनलाई उपचारका लागि नेपालगन्ज ल्याइएको थियो। भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनलाई पनि मधुमेह र मृगौलाको समस्या रहेको अस्पतालले जनाएको छ।











