मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या
हेटौडा, मंसिर ४ : मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको वीभत्स तरिकाले हत्या भएको छ।मकवानपुरको बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या...
हेटौडा, मंसिर ४ :मकवानपुरको बागमती गाउँपालिकामा तीन वर्षीया बालिकाको हत्या भएको छ। घाइते अवस्थामा भेटिएकी बालिकाकाे उपचार हुन नपाउँदै ज्यान गएकाे हाे।
मकवानपुरको बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। घटनास्थल नजिक उनका लुगा फेला परेको र शरीरभरि रगत लत्पतिएका प्रहरी नायव उपरीक्षक रानाले बताए।
उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको थियो। उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
अहिले डिएसपी रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ। प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरेको जनाएको छ।
बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन्। उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)











